मनाङ । नेकपा एमालेले यस पटक पनि गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेलाई समर्थन गर्ने भएको छ ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट मनाङेले उम्मेदवारी दर्ता गराउँदैछन् ।एमालेले उनलाई नै समर्थन गर्ने भएको छ । ‘उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेका छौं, अब केहीबेर हुन्छ’ एमाले नेता पाल्देन गुरुङले भने । पार्टीको निर्णय अनुसार नै प्रदेशसभा तर्फ मनाङेलाई समर्थन गर्न लागेको उनले बताए ।
०७४ को चुनावमा पनि मनाङेले एमालेको समर्थनमा नै चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन भएकाले माओवादी केन्द्रले पनि उनलाई नै मत दिएको थियो ।
मनाङे अहिले नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री छन् ।
प्रतिक्रिया