उम्मेदवारी दर्तापछि शशांक कोइरालाको घोषणाः अबको प्रधानमन्त्री म

उम्मेदवारी दर्तापछि शशांक कोइरालाको घोषणाः अबको प्रधानमन्त्री म


ग्लोब नेपाल
3.9k
Shares

नवलपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमहामन्त्री शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘तीन पटकसम्म चुनाव जितिसकेको छु । यस क्षेत्रका जनताले मलाई विश्वास गरेका छन्’ उनले भने,‘यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’

कोईराला नवलपुर-१ बाट तीनपटक निर्वाचित भइसकेका छन् भने अहिले चौथो पटक चुनावी मैदानमा छन् । तीनपटक सम्म विकास निर्माण र नीतिगतरुपमा काम गरेको र समृद्ध नवलपुर निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि आफू पुनस् चुनावमा होमिएको उनले बताए ।