उम्मेदवारी दर्तापछि गगन थापा भन्छन्ः अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने हो

उम्मेदवारी दर्तापछि गगन थापा भन्छन्ः अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने हो


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने ।

निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए ।

आफ्नो उम्मेदवारी पुरानो पुस्ताका नेताको सम्मानजनक बहिर्गमनको लागि रहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई पहिचान दिएको उल्लेख गर्दै भने, ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ। यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँलेनै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ ।’