भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं १ मा प्रेम सुवाललाई नै दोहोर्याएको छ ।
२०७४ सालको निर्वाचनमा विजयी सुवाललाई नै नेमकिपाले मंसिर ४ गते हुने निर्वाचनको टिकट दिएको हो । नेमकिपाका केन्द्रीय सचिव सुवालले आइतबार भक्तपुर दरबार क्षेत्रस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका छन् ।
नेमकिपाले उक्त क्षेत्रको क मा मीनबहादुर बाटा र ख मा सुरेन्द्रराज गोसाईंको उम्मेदवारी दर्ता गरेको छ । गोसाईं पनि २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।
यहाँ सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोथे बासु र एमालेले पूर्वजिसस प्रमुख नवराज गेलालको उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया