काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसभित्र फरक मत राख्ने शेखर कोइराला समूहले देशभर प्रतिनिधि सभामा २३ प्रतिशत सिट पाएको छ ।
चालिस प्रतिशतमा दाबी गर्दै आएको कोइराला समूहले अहिलेसम्म प्राप्त विवरणअनुसार ९१ मध्ये २२ सिट मात्र पाएको देखिन्छ । गएको १४ औँ महाधिवेशनमा ४१ प्रतिशत मतका साथ सभापतिमा दोस्रो बनेका नेता कोइरालाले टिकट ल्याउन नसकेको भन्दै समूहभित्र असन्तुष्टि बढेको छ ।
माओवादीले छाडेपछि शेखर समूहबाट बलबहादुर केसीले पनि टिकट पाएका छन्। शेखर समूहबाट बर्दियामा सञ्जय गौतमले टिकट पाएका छन् ।
यी हुन् कोइराला समूहबाट टिकट पाएका नेताहरू
प्रदेश १
मोरङ ६ – शेखर कोइराला
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ ३ – सुनिल शर्मा
सोलुखुम्बु – बलबहादुर केसी
मधेस प्रदेश
सप्तरी ४ – तेजुलाल चौधरी
धनुषामा २ – रामकृष्ण यादव
रौतहट २ – रित्तोद आलम
रौतहट ४ – देवप्रसाद तिमिलसिना
वाग्मती प्रदेश
काठमाडौं ४ – गगन थापा
नुवाकोट २ – अर्जुननरसिंह केसी
धादिङ – २ रामनाथ अधिकारी
गण्डकी प्रदेश
स्याङजा २ – धनराज गुरुङ
गोरखा १ – राजेन्द्र बजगाईं
मुस्ताङ – योगेश गौचन थकाली
लुम्बिनी प्रदेश
गुल्मी १ – चन्द्र भण्डारी
दाङ ३ – दीपक गिरी
कपिलवस्तु–२ सुरेन्द्र आचार्य
बर्दिया१- सञ्जय गौतम
कर्णाली प्रदेश
सुर्खेत २ – हृदयराम थानी
दैलेख २ – दिक्पाल शाही
सुदूरपश्चिम प्रदेश
बाजुरा – बद्री पाण्डे
दार्चुला – दिलेन्द्र बडू
प्रतिक्रिया