काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीले आजै राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरेका छन् ।
गठबन्धनका शीर्ष नेताहरुसँगको परामर्शपछि जसपाका मन्त्रीहरुसँग राजीनामा मागिएको हो । स्रोतका अनुसार जसुपाका मन्त्रीहरुसँग राजीनामा माग गरिएको र राजीनामा नदिए बर्खास्त गर्ने प्रधानमन्त्री देउवाले खवर पठाएका छन् । निर्वाचन घोषणा भइसकेको अवस्थामा कामचलाउमा परिणत शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले जसपाका चारजना मन्त्री रहेका छन्।
जसपाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव देउवा क्याबिनेटमा छन्।
गठबन्धन तोड्दै एमालेसँग मिलेपछि जसपाका मन्त्रीहरुलाई बखास्त गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका हुन्।
प्रतिक्रिया