देउवाविरुद्धको उजुरीमा आरजूले बुझाइन् जवाफ, आयोगले निर्णय लिँदै

देउवाविरुद्धको उजुरीमा आरजूले बुझाइन् जवाफ, आयोगले निर्णय लिँदै


ग्लोब नेपाल
540
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्।

देउवाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा.आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्। देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

देउवाले प्रमाणसहित उजुरीको जवाफ पठाएको उनले बताए। ‘बिहान साढे ११ बजे प्रधानमन्त्रीले पठाउनु भएको जवाफ कार्यालयमा दर्ता भएको छ। जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिन्छौं’, वाग्ले भने। उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ।

देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो।