भीम रावलको आगामी यात्राः एमाले भित्रै रहेर संघर्ष गर्ने (पूर्णपाठ)

भीम रावलको आगामी यात्राः एमाले भित्रै रहेर संघर्ष गर्ने (पूर्णपाठ)


ग्लोब नेपाल
621
Shares

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता भीमबहादुर रावलले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेका छन्।

अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको भन्दै आक्रोशित बनेका रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीमै बसि संघर्ष गर्ने बताएका हुन्। उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

अध्यक्ष ओलीमाथि दर्जन बढी आरोप लगाउँदै उनले अहिलेको अवस्थामा आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्।

टिकट नदिनू ओलीको स्वेच्छाचारी

नेता रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश पनि व्यक्त गरेका छन् ।अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गरेका हुन् ।

नेता रावलले आफूलाई टिकट नदिएकोप्रति भने, ‘अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ।’

पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उनले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताएका छन् । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।

उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए ।

हेर्नुहोस् पूर्णपाठ: