शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

शताब्दी पुरुष जोशीको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सार्वजनिक विदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । श्रद्धाञ्जली दिन ललितपुर पुगेका मन्त्री श्रेष्ठले आफूले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने उल्लेख गर्दै सरकारले बिदाको निर्णय गर्ने बताए ।

जोशीको १०३ वर्षको उमेरमा आज निधन भएको थियो ।