देशैभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध

देशैभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउनका तत्काल बन्द गर्ने निर्णय भएको प्रवक्ता निरौलाले जानकारी दिए ।

पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएपछि प्राधिकरणले यस्तो निर्देशन दिइएको हो ।