शेरबहादुरजी र म मिलिसक्यौँ, तपाईँहरू पनि तुष त्याग्नुस्ः शेखर कोइराला

शेरबहादुरजी र म मिलिसक्यौँ, तपाईँहरू पनि तुष त्याग्नुस्ः शेखर कोइराला


ग्लोब नेपाल
918
Shares

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् ।

मोरङको सुन्दरहरैँचा-५ आइतवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिदेउवासँग मिलेर पछिल्ला दिन काम भइरहेको भन्दै तल्ला तहका नेता कार्यकर्ता झगडा गर्नुको कारण नबुझेको पनि उनले बताए।

उनले आफू र शेरबहादुर देउवा मिलिसकेपछि झगडाको अर्थ नभएको पनि बताएका छन्। उनले भने, ‘शेरबहादुरजी र मेरो प्रतिस्पर्धा लडाइँ थियो । तर, हामी एकै ठाउँमा उभिएका छौँ । त्यसैले स्थानीय निर्वाचनमा के भयो, अधिवेशनमा के भयो भनेर नलाग्नुस् । सबैले तुषलाई त्यागौँ । मैले त त्यागिसकेँ ।’

उनले पार्टीभित्र कुनै गुट नबनाएको समेत बताए । पार्टी सभापतिले आफूले भनेको सबै कुरामा मानिरहेकाले पार्टीभित्र लडाइँ गरिराख्न नहुने उनको भनाइ छ । पार्टीभित्र लडेर कसैले केही नपाउने भएकाले एकजुट भएर लाग्न आग्रह समेत गरे ।