उम्मेदवार कृष्णकुमार श्रेष्ठ र दुर्लभ थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण

उम्मेदवार कृष्णकुमार श्रेष्ठ र दुर्लभ थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिनिधि सभाका दुईजना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले बारा निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेकपा एकीकृत समाजवादीका नेता रहेका श्रेष्ठको विषयमा केही दिनअघि युट्युबमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई स्पष्टीकरण सोधेको हो ।

‘किसान श्रेष्ठके चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियोमार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको भन्दै त्यसप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तै, आयोगले भक्तपुर निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ । थापाले सूर्यविनायक नगरपालिका वडा नं २, ३, ४ र ६ का विभिन्न चोकमा झण्डा, तुल ब्यानरसहितका प्रचार सामग्री टाँगेको भन्दै आयोगले थापालाई आफैं वा प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ ।