काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि तिहारको लागि सुन र चाँदीको सिक्का (असर्फी) बिक्री गर्न थालेको छ ।
तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको शसाखामा सर्वसाधारणको लाइन लागेको छ । । राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबारदेखि बिक्री सुरु गरेको टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।
धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले सुन र चाँदीका सिक्का बिक्री थालिएको आचार्यको भनाइ छ ।
तस्बिर:
प्रतिक्रिया