कार्यकर्तालाई प्रचण्डको आश्वासनः बहुमत आएर सरकार बनेपछि अवसरै-अवसर

कार्यकर्तालाई प्रचण्डको आश्वासनः बहुमत आएर सरकार बनेपछि अवसरै-अवसर


ग्लोब नेपाल
432
Shares

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता–कार्यकर्ताहरुलाई निर्वाचनपछि आफूहरुको सरकार बनेसँगै अवसर नै अवसर दिने आश्वासन दिएका छन्।

विराटनगरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बहुमतपछि प्राप्त हुने नियुक्तिले कार्यकर्ताको अनुहार उज्यालो हुने दाबी पनि गरे । ‘हाम्रो सरकार बनिसकेपछि अवसर नै अवसर तपाईंहरुलाई हुनेछ,’ प्रचण्डले सम्बोधनको क्रममा भने।

साथै, उनले अन्याय भएकोजस्तो लागेकाहरुको पनि सम्बोधन निर्वाचनपछि हुने बताए। ‘जो साथिहरुलाई अलिकति अन्याय भएकोजस्तो लागेको छ तीनलाई सम्बोधन गरिनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’

शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको तर्क गर्दै दाहालले कुनै अप्ठ्यारो नमानेर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए। उनले अहिले पनि आफूहरुविरुद्ध षडयन्त्र नरोकिएको बताए।