राप्रपाको घोषणापत्रः बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ (पूर्णपाठ)

राप्रपाको घोषणापत्रः बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ (पूर्णपाठ)


ग्लोब नेपाल
351
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा राप्रपाले सुशासन कायममा जोड दिएको छ । भ्रष्टाचार नगर्ने प्रण गरेको घोषणापत्रमा भ्रष्टाचार गर्नुभन्दा बरु आफैं नष्ट हुने उल्लेख गरेको छ ।

‘सुशासनः बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’ शिर्षकमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको घोषणापत्रमा भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहामा लागु गर्ने उल्लेख गरिएको छ ।

नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने

साथै राप्रपाले नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा गरेको छ । नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने घोषणा राप्रपाले गरेको हो ।

परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपालको भू(भाग कसैकोविरुद्ध प्रयोग हुन नदिने, सबै असमान सन्धि सम्झौता तथा सीमा विवादलाई कूटनीतिक माध्यमबबाट टुंगो लगाउने आफ्नो चुनावी घोषणापत्रमा राप्रपाले उल्लेख गरेको छ ।

राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण

राप्रपाले राजनैनिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने पनि बताएको छ । निष्पक्ष रुपका कार्यसम्पादन गर्न राजनैनिक दलरहित संवैधानिक परिषद् निर्माण गर्ने बताएको राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ-ः

– राजनैतिक दलरहितत संवैधानिक परिषद् निर्माण

–संवैधानिक अंगहरुलाई संविधानको मर्म र भावनाअनुसार सञ्चालन गर्न, योग्यता, क्षमताको आधारमा संवैधानिक नियुक्तिको व्यवस्था गरी, राजनैतिक हस्तक्षेपबाट मुक्त तुल्याई, निष्पक्षतापूर्वक कार्यसम्पादन

–न्यायालयमा देखिएको विकृति, विसंगति अन्त्य गर्न, गुमेको विश्वसनीयता पुनर्स्थापित गर्न र पूर्ण न्यायिक बनाउन न्यायपालिकाको पुनर्संरचना

– नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भष्टाचार तथा अनाचार अन्त्य गर्न, स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी

हेर्नुहाेस्, राप्रपाकाे घाेषणपत्र: