नेकपा एसको घोषणापत्र: निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठ)

नेकपा एसको घोषणापत्र: निर्वाचन प्रणाली सुधारमा जोड (पूर्णपाठ)


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव बेदुराम भुसाललगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । ‘हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ समाजवादीको घोषणापत्रमा उल्लेख छ।

नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले सुशासन र पारदशीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने बताएको छ। ‘भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने, छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढप्रतिज्ञा छ । हामी यी प्रतिज्ञामा सधै अडिग रहने छौँ।’

समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधी लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ।

हेर्नुहोस् घोषणापत्रः