१२ विकास बैंकहरुमध्ये मुक्तिनाथको नाफा सबैभन्दा बढी

१२ विकास बैंकहरुमध्ये मुक्तिनाथको नाफा सबैभन्दा बढी


ग्लोब नेपाल
270
Shares

काठमाडौं । १२ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १ अर्ब ३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

जबकी गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १२ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी रहेको छ। सो अवधिसम्ममा बैंकले ३० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११‍.०५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रकाशित वित्तीय विवरण अनुसार यी १२ बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७१ प्रतिशत घटेको छ। १२ बैंकहरुमध्ये ५ विकास बैंकको खुद नाफा बढेको छ भने ५ विकास बैंकको घटेको छ। बाँकी २ विकास बैंकहरु भने नोक्सानीमा रहेका छन्।