एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको इकाईमूल्य समायोजन

एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको इकाईमूल्य समायोजन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन भएको छ।

प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले यी दुबै फण्डहरुको १३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ८ रुपैयाँ ७८ पैसा कामय भएको छ भने एनआईसी ग्रोथ फण्डको इकाईमूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार नेप्सेमा एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई १० रुपैयाँ ८ पैसा र एनआईसी ग्रोथ फण्ड को १० रुपैयाँ ५५ पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी फण्डहरुको कारोबार खुल्नेछ।