एमालेको घोषणापत्रः ५ लाखलाई रोजगारी, २५ हजार न्यूनतम ज्याला

एमालेको घोषणापत्रः ५ लाखलाई रोजगारी, २५ हजार न्यूनतम ज्याला


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणा पत्र ल्याएको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो। चारवटा ‘स’लाई आधार मानेर घोषणापत्र तयार पारिएको छ । एमालेले स्वदेशमै युवालाई रोजगारी दिने योजना अघि सारेको छ। दुई वर्षभित्र सबै स्थानीय तहमा सडकको पहुँच पु¥याउने रणनीति बनाएको छ।

होटल याक एण्ड यतीबाट सार्वजनिक भएको चुनाव घोषणापत्रमा ग्यारेन्टी गर्न सकिने कामहरुको सूची खुलाइएको छ। अध्यक्ष केपी शर्मा ओलीसहित एमाले पदाधिकारी राखेर घोषणापत्र सार्वजनिक भएको हो। vएमालेले पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ। एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ।

समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।