काठमाडौं । आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ ।
होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले ‘फिङ्गर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरे ।
डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ। एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।
एमालेको २० ग्यारेन्टीमा के के छन् ?
१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना : पुग्छ सबैको चाहना
६. कमाइ : युवाको रोजाई
७. पढाइ : भविष्यको जग बसाइ
८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९. हामी समाजिम : सभ्य नागरिक
२० हाम्रो अर्थ : १०० वर्ष
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठः
प्रतिक्रिया