काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले आगामी चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने ६ महिनाभित्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा वंशजका आधारमा नागरिकता दिने क्रममा देखिएको समस्या एक महिनाभित्र समाधान गर्ने दाबी गरेको छ । यस क्रममा एमालेले ‘नेपालीका लागि मात्रै नेपाली नागरिकता’ भन्ने नारा अगाडि सारेको छ ।
‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्,’ एमालेले भनेको छ, ‘सरकार गठन भएको एक महिनाभित्र वंशजको आधारमा नागरिकता दिने र छ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ । एक वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण हुनेछ ।’
नागरिकता सम्बन्धी विधेयक संसद्को दुवै सदनले दुई पटक पारित गरेपछि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगर्दा निस्क्रिय बनेको छ ।
प्रतिक्रिया