एनआईसी एशियाका ग्राहकहरूले एटिएमबाट कार्डबिनै रकम झिक्न सक्ने

एनआईसी एशियाका ग्राहकहरूले एटिएमबाट कार्डबिनै रकम झिक्न सक्ने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको (एनआइसी एसिया मोबैंक) प्रयोगकर्ताहरूले एप भित्र रहेको कार्डलेस उइथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन वा फींगरप्रिन्ट राखेर भेरिफाइ गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा वटिपि प्राप्त गर्नेछन् र ग्राहकले आफुलाई प्राप्त सोही वटिपि एटिएमको स्क्रीनमा रहेको कार्डलेस उइथड्रल भित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी उइथड्रलआइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको छ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।