३२ निर्माण व्यवसायी को–कहाँबाट चुनाव लड्दैछन्

३२ निर्माण व्यवसायी को–कहाँबाट चुनाव लड्दैछन्



काठमाडौं । मंसिर ४ को निर्वाचनमा विभिन्न राजनीतिक दलबाट प्रतिनिधिसभा र प्रदेशसभामा ३२ जना निर्माण व्यवसायी चुनाव लड्दैछन् । प्रतिनिधिसभामा १६ जना र प्रदेशसभामा १६ जना निर्माण व्यवसायी चुनावी मैदानमा छन् ।

सबैभन्दा बढी नेपाली कांग्रेसबाट १४ जना निर्माण व्यवसायी चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ५ जना र प्रदेशसभामा ९ जना गरी १४ जनालाई कांग्रेसले चुनावी मैदानमा उतारेको छ । दोस्रोमा नेकपा एमालेले १० जनालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा ५ र प्रदेशसभाबाट ५ जना गरी १० जनालाई एमालेले उम्मेदवार बनाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा २ जना र प्रदेशसभामा १ जना गरी ३ जना मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बाट प्रतिनिधिसभामा ३ जना उम्मेदवार बनेका छन् । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र जनमत पार्टीबाट १ जना प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् भने प्रदेशसभामा स्वतन्त्रबाट एकजना उम्मेदवार छन् ।

हेर्नुस् को–कहाँबाट चुनाव लड्दैछ