नेसनल लाइफकाे १८ मंसिरमा साधारणसभा, बुक क्लोज कहिले ?

नेसनल लाइफकाे १८ मंसिरमा साधारणसभा, बुक क्लोज कहिले ?


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १८ मंसिरमा साधारणसभा बोलाएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनीत स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले ८ मंसिरमा एकदिन बुक क्लोज गर्ने भएको छ । ७ मंसिरमा कायम सेयरधनीले लाभांश पाउनेछन् ।