काठमाण्डौ । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति एवम् नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई आसन्न मंसीर ४ को निर्वाचनका लागि डोटीमा विशेष जिम्मेवारी प्रदान गरी खटाएको छ। पार्टी सभापति शेरबहादुर देउबाले बिहीवार विष्टलाई औपचारिक पत्रसहित जिम्मेवारी प्रदान गरेका हुन्। जस अनुसार विष्टले आफ्नो गृहजिल्ला डोटीको प्रतिनिधि सभा क्षेत्र नम्वर १ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर २ मा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न मतदाताहरुलाई प्रेरित गर्ने र मतदानस्थलसम्म पुर्याउन केन्द्रीय प्रतिनिधिको रुपमा विशेष जिम्मेवारी विष्टलाई दिइएको छ।
‘तपाईँ आफु खटिएको क्षेत्रमा निरन्तर उपस्थित रही समानुपातिक उम्मेद्वारका पक्षमा अधिकतम मत खसाल्ने वातावरण बनाउन सम्बन्धित क्षेत्रको पार्टीका सबै तहका साथीहरुबीच सद्भाव,सौहार्द्रता एवं हार्दिकता कायम गर्दै निर्वाचन परिचालन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउबाले हस्ताक्षर गरी दिएको पत्रमा भनिएको छ। यसैबीच पार्टीको विशेष जिम्मेवारी पाए लगत्तै आज नै आफू गृह जिल्ला जान लागेको सभापति विष्टले जानकारी दिएका छन्।



प्रतिक्रिया