तीनवटा क्यापिटलको एजीएम आज, लाभांश वितरण मुख्य एजेन्डा

तीनवटा क्यापिटलको एजीएम आज, लाभांश वितरण मुख्य एजेन्डा


ग्लोब नेपाल
540
Shares

काठमाडौं । एनएमबि क्यापिटलको एजीएम शुक्रबार बस्दै छ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

एनआइबीएल एस क्यापिटलको पनि शुक्रबार नै एजीएम बस्दै छ । सभामा कम्पनीले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभाले अन्य मर्चेन्ट बैंक एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै, सनराइज क्यापिटलको पनि एजीएम बस्दैछ । सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।