एमाले उम्मेदवारलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै

एमाले उम्मेदवारलाई सघाएको भन्दै गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै


ग्लोब नेपाल
81
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गोरखामा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई बर्खास्तीको तयारी गरेका छन् ।

आचार्य गत निर्वाचनमा गोर्खाबाट बाबुराम भटराई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

मन्त्री आचार्य भट्टराई नेतृत्वको पार्टीबाट गोर्खा क्षेत्र नम्बर २ को १ बाट उनी विजयी भएका हुन् । उनलाई त्यतिबेला नेपाली कांग्रेसले सर्मथन गरेको थियो ।
मंसिर ४ गतेको निर्वाचनमा उनलाई टिकट नदिएर फणिन्द्र देवकोटालाई प्रदेशसभामा उम्मेदवार बनाइएको छ । देवकोटा माओवादीको चुनाव चिन्हबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका हुन् । आफूलाई पार्टीले फेरि उम्मेदवार नबनाएपछि आचार्य असन्तुष्ट रहेको बताइन्छ ।

पार्टीका आधिकारिक उम्मेदवार देवकोटाविरुद्ध मन्त्री आचार्यले बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका हुन् । यो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउन एमालेसँग साँठगाँठ गरेको भन्दै उनलाई हटाउने तयारी गरिएको हो ।