रवि लामिछानेको टोलीमाथि गठबन्धन गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण

रवि लामिछानेको टोलीमाथि गठबन्धन गठबन्धनका कार्यकर्ताद्वारा आक्रमण


ग्लोब नेपाल
108
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचार टोलीमाथि सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्।

लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए । उनका अनुसार चुनावी प्रचार टोली सवार गाडीमा तोडफोड गरिनुका साथै केही कार्यकर्तामाथि कुटपिट पनि भएको छ ।

कुरिनटारबाट नारायणगढतर्फ जाने क्रममा उनीहरु जम्काभेट भएका थिए। रविलामिछानेको पक्षले भने गठबन्धनले आफूहरुमाथि बिनाकारण आक्रमण गरेको आरोप लगाएको छ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसहित गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल प्रतिस्पर्धामा छन्।