काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनको तर्फबाट बाराका उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ को विरुद्ध प्रचार गरेको आरोपमा पार्टीको ३ जनालाई कारवाही गरेको छ।
आईतबार (भोली) प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर–४ का गठबन्धनका साझा उम्मेदवार श्रेष्ठविरूद्ध प्रचार गर्दै हिडेको उजुरीको आधारमा कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले शनिबार प्रेस विज्ञप्ति जारी गरेर पार्टी सदस्यसमेत नरहने गरी बारा जिल्लाका उपसभापति अमिरीलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरिएको बताएका छन् ।
ढुंगानाले जारी गरेको विज्ञप्ति अनुासर पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ अनुसार पार्टीको साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरिएको हो ।



प्रतिक्रिया