फ्रान्सको उत्कृष्ट पुनरागमन जित

फ्रान्सको उत्कृष्ट पुनरागमन जित



दाेहा । एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता फ्रान्सले कतार विश्वकपमा अस्ट्रेलियामाथि ४-१ को पुनरागमन जित निकालेको छ । मंगलबार राति दोहास्थित अल जानुब स्टेडियममा फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरेका थिए । यसैगरी एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरेका हुन् । अष्ट्रेलियाका क्रेग गुडविनले नवौंं मिनेटमा अग्रता दिलाएका थिए 

खेलको २७औं मिनेटमा एड्रिनले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । ३२औं मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २ -१ को अग्रता दिलाए । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३-१ को अवस्थामा ल्याए । ७१ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले सहज जित पायो । जितसँगै समूह डी मा फ्रान्सले पहिलो खेलमा तीनअंक जोडेको छ । हारबाट विश्वकपको सुरुआत गरेको अष्ट्रेलिया पुछारमा छ ।

डेनमार्क र ट्युनिसियाले अंक बाँडे
डेनमार्क कतार विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग समुह डी मा गोलरहित बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो । भारले दुबै गोललाई मान्यता दिएन । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो । मंगलबार सम्पन्न समूह सी को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको थियो ।

पोल्यान्ड र मेम्सिकोले अंक बाढे
पोल्यान्डले मंगलबार राति मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै कतार फिफा विश्वकप सुरु गरेको छ ।  कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोवस्कीले पेनाल्टी खेर फालेपछि पोल्यान्ड अंक बाढ्न बाध्य भएको हो । लेवान्डोवस्कीले प्रहार गरेको पेनाल्टी मेक्सिकोका गोलकिपर गुलेर्मो ओचोआले बचाएका थिए ।

५८औं मिनेटमा हेक्टर मोरेनोले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीमा लेवान्डोवस्की सफल हुन सकेनन् । लेवान्डोवस्कीले राष्ट्रिय टोलीका लागि एक सय ३४ खेलमा ७६ गोल गरिसकेका छन् । तर, विश्वकपमा भने उनले पोल्यान्डका लागि अहिलेसम्म गोलको खाता खोल्न सकेका छैनन् । 

समूह ‘सी’ मा बराबरीपछि अंक बाढेका पोल्यान्ड र मेक्सिको तालिकामा दोस्रो र तेस्रो स्थानमा छन् । मंगलबारै सम्पन्न खेलमा दुई पटकको पूर्व विजेता अर्जेन्टिनालाई २ १ को नतिजामा हराएको साउदी अरेबिया तीन अंकका साथ शीर्ष स्थानमा छ ।