एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप नै किन ?

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप नै किन ?


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै बढी प्रयोगकर्ताहरू रहेको एनआईसी एशियालाई बैंकले भर्खरै ओम्निच्यानेल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् जनाएको छ । निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

बैँकक अनुसार ग्राहकहरूले मोबाइल बैंकिङ्ग एपबाट क्युआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, आइपिओ आवेदन र लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन् । अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्ग्रेस ट्राकिङ्ग आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछन् ।

बैंकमा खाता नभएकोले पनि मोबाइल बैंकिङ्ग एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्ने बैँकले जनाएकाे छ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।