काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधी सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् ।
नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतान्तरले पराजित गर्दै खतिवडा विजयी भएका हुन् । उनले ३३ हजार पाँच सय ५६ मत ल्याएर विजयी भएका हुन्। पराजित भएका सुनुवारले २६ हजार ७३८ मत ल्याए।
विजयी भएका खतिवडा कांग्रेस केन्द्रीय सदस्य हुन्।
प्रतिक्रिया