सप्तरी २ बाट सिके राउत भारी मतान्तरले विजयी

सप्तरी २ बाट सिके राउत भारी मतान्तरले विजयी


ग्लोब नेपाल
108
Shares

सप्तरी । सप्तरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउत फराकिलो मतले विजयी भएका छन् ।

उनले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी भएका हुन् । राउतले यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् ।

मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएको थियो  ।