काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १ बाट विजयी भएका छन् । पौडेलले ५ हजार ३७५ मतान्तरले जित निकालेका हुन् । पौडेलले २५ हजार १३८ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एकबहादुर राना १९ हजार ९३४ मत पाएका छन् ।
पौडेल ०७४ को निर्वाचनमा यही क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाछ एमाले उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए ।
प्रतिक्रिया