सिलवाललाई हराएका उदय मतदाता भेट्न गाउँ-गाउँ जाँदै

सिलवाललाई हराएका उदय मतदाता भेट्न गाउँ-गाउँ जाँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले चुनाव जिते लगत्तै मतदातालाई धन्यवाद दिन गाउँ गाउँ जाने कार्यक्रम सार्वजनिक गरेका छन् । ललितपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राणाले मतदाता भेट्ने कार्यक्रम बनाएका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनले एमालेका उम्मेदवार नवराज सिलवाललाई पराजित गरेका थिए ।

अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै ललितपुर १ का ३० वटै वडामा मतदातालाई धन्यवाद कार्यक्रम राखेका हुन् । उनीसँगै कांग्रेसबाट प्रदेशसभामा निर्वाचित सांसद मीनकृष्ण महर्जन पनि सहभागी हुने जनाइएको छ ।

मतदातालाई धन्यवाद उनले मंसिर ८ गतेदेखि १३ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेका छन् । मंसिर ८ गते महांकाल गाउँपालिकाको बुखेलबाट सुरु हुने उनको कार्यक्रम मंसिर १३ गते घुसेल पुगेर टुंगिनेछ ।

नवनिर्वाचित सांसद राणाले मतदातासँगको भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । उनले भने, ‘म सधैं उहाँहरुकै बीच हुन्छु । ललितपुर १ को विकासका लागि म कुनै कसर बाँकी राख्दैन ।’

निर्वाचन जितेपछि मतदातालाई विर्षने आरोप लाग्दै आएकोमा कांग्रेस नेता राणाले भने आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा मतदाता भेट्ने कार्यक्रम तय गरेका हुन्।

यस्तो छ सांसद राणाको कार्यक्रम :

महाङ्काल गाउँपालिका मंसिर ८ गते ८:०० बजे – बुखेल

९:३० बजे – गोटिखेल

१०:३० बजे – मानिखेल

१२:०० बजे – कालेश्वर

२:०० बजे – चन्दनपुर

३:३० बजे – ठुलादुर्लुङ

मंसिर ९ गते बागमती गाउँपालिका

८:०० बजे – गिम्दि

१०:०० बजे – आश्रम

११:३० बजे – प्युटार

२:०० बजे – माल्टा

३:३० बजे – भट्टेडाँडा

मंसिर १० गते गोदावरी नगरपालिका वडा नं १०/११/५

७:०० बजे – चापागाउँ

१२:०० बजे – टाखेल

३:०० बजे – लेले

मंसिर ११ गते कोन्ज्योसोम गाउँपालिका

८:०० बजे – नल्लु

९:३० बजे – भारदेउ

१०:३० बजे – चौघरे

१:०० बजे – दलचोकी

२:३० बजे – शंखु

४:०० बजे – इकुडोल

मंसिर १२ गते गोदावरी नगरपालिका ३/२/१/१३/४

८:०० बजे – गोदावरी

१०:०० बजे – विशंखुनारायण

१२:०० बजे – गोदामचौर

२:०० बजे – झरुवारासी

४:०० बजे – बडिखेल

मंसिर १३ गते गोदावरी नगरपालिका ६/९/८/७ र घुसेल

७:०० बजे – टिकाभैरब

९:०० बजे – छम्पी

११:०० बजे – डुकुछाप

१:०० बजे – देविचौर

३:०० बजे – घुसेल