१२ कार्यक्रमहरु सहित सिभिल बैंकको बाह्रौं वार्षिकोत्सव

१२ कार्यक्रमहरु सहित सिभिल बैंकको बाह्रौं वार्षिकोत्सव


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप यस बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जस मध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो १२औं वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल छ स्थानहरुका ट्याम्पुहरुमा क्यूआर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ ।

जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोराउने कुरा बताए।

नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए ।

उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधरणको वाक्लो उपस्थिति थियो ।

यसैगरी, बैंकको जावलाखेल शाखामा प्रायोरीटि बैंकिग सेवाको शुरु, पाँचथर स्थित याङ्वरक शाखामा एटिएम सेवा प्रारम्भ, ५७ स्थानमा विपन्न तथा जेहन्दार छात्राहरुलाई छात्रवृति कार्यक्रमको आयोजना गरि सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप ५,००० रूपैयाँ प्रदान, मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पाला देखी प्रदर्शन हुँदै आएको ३८३ बर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाँच “कार्तिक नाँच”को संरक्षणको लागि बैंकले ७५ हजार रूपैयाँ आर्थिक सहयोग र नेपाल बाल संगठनमा आश्रित करिब ३५० जना बालबालिकाहरुको लागि विभिन्न स्टेशनरी सामाग्रीहरुको खरिद गर्न ५० रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

साथै, बैंकले सुनसरी जिल्ला स्थित धरानमा रहेको निःसहाय सहयोग परिषदको तालिम भवन निर्माण गर्न ५० हजार रूपैयाँ आर्थिक सहयोग, महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परीयोजना’का लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग, अपाङ्गता संरक्षण नेपाललाई दृष्टी विहिन व्यक्तिहरुको लागि १०० वटा सेतो छडी खरिद गर्नका लागि ९५ हजार रूपैयाँ आर्थिक सहयोग र कास्की जिल्लास्थित बेगनाश तालको डुंगा व्यवसायीलाई बैंकले डुंगाको सवारी गर्नेहरुको सुरक्षाको लागी १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।

बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।