आरएसडिसी लघुवित्तकाे लाभांश घोषणा

आरएसडिसी लघुवित्तकाे लाभांश घोषणा


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०७८/0७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश छ।

मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। अघिल्लो पटक लघुवित्तले १०.५३ प्रतिशत लाभांश बाँडेको थियो ।

अहिले लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ छ। प्रस्तावित लाभांश वितरण पछि लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ पुग्नेछ।