सुनसरी । सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भएका छन् । उनले १७ हजार ५९ मत प्राप्त गरेर विजयी भएका हुन् ।
राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् भने तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेका छन् । यसैगरी बाम गठबन्धनबाट माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याएका छन् ।
प्रतिक्रिया