दोलखाका विवादित १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखाका विवादित १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रको मतदान मङ्सिर १५ गते हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए । यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।