मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी, कसको छ अग्रता ?

मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी, कसको छ अग्रता ?


ग्लोब नेपाल
216
Shares

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ ।

जसमा नेपाली काँग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेले अग्रता लिएको छ । यस्तै बाजुरा, स्याङ्जा-२ र दोलखाको मत मतगणना सुरु भएको छैन । बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ ।

यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भन्नेमा आयोगले निर्णय गरिसकेको छैन । हालसम्म मतगणना भइरहेका ४ स्थानमध्ये उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता छ । यस्तै धनुषा २ मा काँग्रेसकै महेन्द्र यादव तथा सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता छ । यस्तै सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता छ ।