क्यामरुन र सर्बियाको रोमाञ्चक बराबरी

क्यामरुन र सर्बियाको रोमाञ्चक बराबरी



दाेहा । फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ को भर्खर सम्पन्न खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । ६ गोल भएको खेलमा एक एक अंक जोडेसँगै दुवै टिमले अन्तिम खेलअघि प्रिक्वार्टरफाइनलको सम्भावना जीवितै राखेका छन ।

खेलमा क्यानरुनले पहिले अग्रता लिएको थियो । क्यामरुनका लागि जिन चार्ल्सले गोल गरेका थिए। पहिलो हाफको इन्जुरी टाइममा सर्बियाले दुई गोल गर्दै पहिलो हाफअघि अग्रता लिएको थियो। सर्बियाका लागि पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा पाब्लोभिक र तेस्रो मिनेटमा साबिकले गोल गरेका थिए।

दोस्रो हाफको ५३ मिनेटमा मिट्रोभिकले गोल गरेपछि सर्बिया ३-१ अघि बढेको थियो। तर क्यामरुनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याएको थियो। क्यामरुनका लागि ६३ मिनेटमा अबोउबारक र ६६ मिनेटमा चोउपो मोटिङले गोल गरेका थिए।