कोरोना बीमा दाबी भुक्तानी गर्दै शिखर इन्स्योरेन्स

कोरोना बीमा दाबी भुक्तानी गर्दै शिखर इन्स्योरेन्स


ग्लोब नेपाल
81
Shares

काठमाडौं । शिखर इन्स्योरेन्सले मंगलबारबाट २ हजार ६ सय ३५ जनाको कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । कुल दाबीमध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखिएको कम्पनीले जानकारी दिएको छ । 

राष्ट्र सेवक कर्मचारी र संघ, संस्थाले बीमा शुल्क तिरेर कोरोना भाइरस बीमा गर्नेहरूलाई दोस्रो प्राथमिकतामा राखेको छ । कोभिड बीमालेख अन्तर्गत दाबी गरि भुक्तानी पाउन बाँकी पाँच हजार २० जना रहेको कम्पनीले जानकारी दिएको छ । जसमा एकल र पारिवारिक बीमालेख दाबीकर्ताहरू छन् । 

वि.सं. २०६१ सालमा १५ औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना को छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । रु. १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल रु.२२८ करोडको चुक्ता पुँजी रहनुका साथै रु.४८१ करोडको नेटवर्थ सहित निजि क्षेत्रबाट प्रबर्द्धति बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी नेटवर्थ रहेको निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ ।