उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित


ग्लोब नेपाल
1.5k
Shares

उदयपुर । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले )की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरिन् ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहे । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी परराष्टमन्त्री डा खड्काको पुरानै प्रतिस्पर्धी हुन् । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाउनुभएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।