स्याङ्जा-२ मा नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता

स्याङ्जा-२ मा नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता


ग्लोब नेपाल
54.1k
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन् । उनले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार २ सय चार मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय दुइ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

विगत १० दिनदेखि रोकिएको स्याङ्जा क्षेत्र नं २ को मतगणना हिजोदेखि सुरु भएको हो । निर्वाचन आयोगले मतगणना गर्न दिएको निर्देशनअनुसार मतगणना सुरु भएको हो । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन ।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।