स्याङ्जा–२ मा धनराज गुरुङले उछिने पद्मा अर्याललाई

स्याङ्जा–२ मा धनराज गुरुङले उछिने पद्मा अर्याललाई


ग्लोब नेपाल
270
Shares

काठमाडौं । स्याङ्जा–२ मा पछिल्लो मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।

पछिल्लो जानकारीअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।