स्याङ्जा-२ मा धनराजको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि

स्याङ्जा-२ मा धनराजको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापति समेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् ।  यस्तै, एमालेकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् ।

अर्यालले पछिल्लो मतपरिणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन् । 

४ मंसिरमा निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि  मतगणना सुरु भएको हो ।