बाजुरामा मतगणना फेरि रोकियो

बाजुरामा मतगणना फेरि रोकियो


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । बाजुरामा हिजोदेखि शुरु भएको मतगणना कार्य अहिले फेरि रोकिएको छ। बाजुराको हिमाली गाउँपालिका-६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना रोकिएको छ । यसअघि ७ हजार ५ सय १० मत गणना हुँदा नेपाली काँग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमति भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको थियो तर अहिले फेरि विवाद भएपछि गणना रोकिएको हो ।