काठमाडौं । दोलखाकाे प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् ।
हिजाे आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गरेर गरेर पराजित भएका हुन् ।
दोलखाको प्रदेश सभा २ मा भने एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भइसकेका छन् । दोलखामा प्रतिनिधि सभामा भने माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।


प्रतिक्रिया