आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । आज पूर्णिमा व्रत रहेकाे छ । मंसिर महिनाकाे तिथिले भाेलि बिहीबार परे पनि पूर्णिमाकाे व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ ।  यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ । 

 बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ ।  

पूर्णिमाकाे व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ । साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ ।

यसैबीच, मंसिर शुक्ल पूर्णिमा भाेलि बिहीबार परेकाे छ । यसदिन उधाैली उधौली पर्व,  धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ ।