अर्थ मन्त्रालय हेजिङको सुविधा दिने संस्था तोक्दै

अर्थ मन्त्रालय हेजिङको सुविधा दिने संस्था तोक्दै


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्य योजनासहितको प्रस्ताव पेस गर्न भनेको हो ।

हेजिङ सुविधा प्रदान गर्ने संस्थाका रूपमा काम गर्न सरकारको पूर्ण वा आंशिक लगानी रहेको र नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पाएको वा पूर्वाधार बैङ्कका रूपमा अनुमति पाएको हुनुपर्ने उल्लेख छ ।

यस व्यवस्थाअनुसार नेपाल राष्ट्र बैङ्कबाट इजाजत पाएको सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैङ्क वा वाणिज्य बैङ्कले हेजिङ सुविधा उपलब्ध गराउन प्रस्ताव हाल्न पाउनेछन् ।

हेजिङसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमताका आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैङ्कलाई हेजिङ गर्ने बैङ्कका रूपमा तोक्नेछ ।

नियमावलीअनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलाशययुक्त वा अर्धजलाशययुक्त विद्युत् परियोजना, दुई सय २० केभी वा सोभन्दा बढी भोल्टेज क्षमताको ३० किलोमिटरभन्दा लामो विद्युत् प्रसारण लाइन र १० किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माणमा सरकारले हेजिङ गर्ने व्यवस्था रहेको छ ।